एजेन्सी := स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका हुन् । उनले खेलको ६७औं र ७५औं मिनेटमा गोल गरेका थिए । यसअघिका तीन खेलमा उनी गोलविहिन थिए। एम्बाप्पे फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट रियाल मड्रिडमा अनुबन्ध भएका हुन्।
पछिल्लो पटक लास पाल्मासविरुद्ध १–१ को बराबरी खेलेपछि रियाल दबाबमा आएको थियो। घाइते भएका मिडफिल्डर जुड वेलिंघम यो खेलमा पनि उपलब्ध भएनन्।
रियल म्याड्रिडको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि चार खेलमा रियल म्याड्रिडको ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै रियल बेटिसको भने ३ खेलमा २ अंक रहेको छ ।




















