चलचित्र ‘ह्रस्व दीर्घ’ले सिनेमाघरमा आउने नयाँ मिति तय गर्यो, अब कात्तिक ३० गते सिनेमाघरमा।

काठमाडौं := चलचित्र ‘ह्रस्व दीर्घ’ले सिनेमाघरमा आउने नयाँ मिति तय गरेको छ । यो चलचित्र अब कात्तिक ३० गते सिनेमाघरमा आउने भएको हो । असोज ३ गतेबाट प्रदर्शनमा आउने भनिए पनि पोष्ट प्रोडक्सनको काम नसकिएको भन्दै निर्माणपक्षले प्रदर्शन मिति पछि सारेको थियो ।

चलचित्रको प्राविधिक काम मुम्बईमा भइरहेको छ । चलचित्रमा हरिहर अधिकारी र निता ढुंगाना मुख्य भूमिकामा हुनुहुन्छ । निता फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनञ्जय गलानी हुनुहुन्छ ।

चलचित्रमा हरिहर र नीतासँगै ब्रहृमानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय छ ।

हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले छायांकन गर्नुभएको हो ।

चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्नुभएको हो । अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो चलचित्रमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज गर्ने निर्माण पक्षको तयारी छ ।