हामी सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा लागेका छौं: उपप्रमुख सुनिता डंगोल।

sf7df8f}F, !* j}zfv M d] lbj; sfo{qmd ;Daf]wg g]kfn 6«]8 o'lgog dxf;ª3 -lhkmG6_åf/f /fhwfgLdf cfOtaf/ cfof]lht d] lbj; @)@@ sfo{qmdnfO{ ;Daf]wg ub}{ sf7df8f}F dxfgu/kflnsf pkk|d'vsf pDd]bjf/ ;'lgtf 8ªuf]n . tl:a/ MrGb|snf If]qL÷/f;;

काठमाडौं := काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न म्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरुको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने बताउनु भयो ।

उहाँले साझा मूल्यहरुलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने बताउनु भयो । उहाँले सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ भन्ने भावनामा केन्द्रित हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै जना महाअभियानमा छौँ । हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ । यो पूरा गर्नका लागि भने सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुछ, त्यसका लागि आह्वान पनि गर्न चाहन्छु । आज मेनिफेस्टो बन्दैछ । त्यो मेनिफेस्टो प्रमाण पनि हो भविष्यप्रतिको प्रतिवद्धताको ।

यो मेनिफेस्टोले सामुहिक दृष्टिकोण दिन सकोस् । हाम्रा साझा मूल्यहरुलाई अघि बढाउन सकोस् । यो मेनिफेस्टो कसैले बनाइदिएको होइन, हामी सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ । हामी र भावी पुस्ताको लागि वाचा बन्न सकोस् ।’ उपमेयर डंगोलले आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भइ देश विकासमा लाग्नुपर्ने बताउनु भयो ।