काठमाडौं := नेपाल आदिवासीजनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रले आफ्नो २५ओैं स्थापना दिवस तथा रजत वर्ष समारोह भव्यताका साथ मनाएको छ।
आईतवार फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा तमु बौद्ध सेवा समिती अनामनगरको सभाहलमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका प्रवक्ता साथै सुचना तथा संञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ रहनु भएको थियो भने विशेष अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत ,आदिवासीजनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगर साथै नेपाल पत्रकार महासंघका अध्यक्ष दिपक पोख्रेल रहनुभएको थियो।

कार्यक्रममा किराँत राई पत्रकार महासंघ ,श्रमजीवी पत्रकार संगठन ,नेवा पत्रकार दल,समानुपातिक प्रेस संगठन ,रास्ट्रिय दलित पत्रकार संघ,प्रेस सेन्टर नेपाल,नेपाल प्रेस युनियन ,प्रेस चौतारी नेपाल साथै विभिन्न संस्थागत पदाधिकारी संगै पत्रकार संगठनका प्रमुखहरुको उल्लेख्य उपस्थिति संगै शुभकामना मन्तब्य राख्नु भएको थियो। फोनिजको रजत समारोहकै अवसरमा मदन पुरस्कार २०८० को श्रेष्ठसुचिमा पर्न सफल डम्फुको आत्मालाप (कथा संग्रह )भक्त स्याङ्त्यान लाई बधाई समेत दिनु भएको थियो ।

यसै अवसरमा संञ्चार क्षेत्रमा योगदान दिनुभएका विभिन्न ६ जना फोनिजकर्मी हरु पनि सम्मानित हुनुभएको छ।सम्मानित हुनेहरुमा “फोनिज रास्ट्रिय पत्रकारिता सम्मान २०८१” तर्फ विजयरत्न तुलाधर (अनलाइन )ललितपुर र पुष्पहरि क्याम्पा राई (टेलिभिजन)ओखलढुंगा हुनुहुन्छ भने,”फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८१” तर्फ दाङका लौव अग्रासन(थारु)हुनुहुन्छ।यस्तै “फोनिज रास्ट्रिय पत्रकारिता पुरस्कार २०८१”तर्फ क्रमशः सटेन्द्र जवेगु (अनलाइन )ईलाम,विष्णु तामाङ (छापा)काठमाडौं र खिमा गुरुङ (रेडियो )कास्कीका हुनुहुन्छ।
कार्यक्रम संचालन भने महासचिव समीर बलामीले गर्नु भएको थियो।
त्यस्तै सोही अवसरमा नेपाल आदिवासीजनजाति पत्रकार महासंघ (फोनिज) प्रवास शाखा मलेसियाले वर्षका उत्कृष्ट दुई फोनिजकर्मी लाई “फोनिज मलेसिया पत्रकाररीता पुरस्कार “बाट सम्मान समेत गरेको छ।

फोनिज मलेसियाद्वारा सम्मानित हुनेहरुमा बिगत डेढ दशकदेखि कृयाशिल रुपमा पत्रकारिता क्षेत्रमा आवद्ध भई कलम चलाउदै आईरहनु भएकी पर्सा जिल्लाका नेपाल थारु पत्रकार संघ पर्साकी उपाध्यक्ष पुनम महतो “चौधरी” साथै दुई दशक देखि निरन्तर पत्रकारीतामा कृयाशिल तथा पत्रकार महासंघ,पाल्पा शाखाको सभापति साथै गोरखापत्र पत्रिकाका पाल्पा संवाददाता रेखिराम राना मगर लाई सञ्चार मन्त्री गुरुङले खादा प्रमाणपत्र प्रदान गरे संगै दुबैजना लाई जनही रु.१०,००० नगदसहित पुरस्कृत गर्नुभएको हो।

फोनिजको रजत समारोहकै अवसरमा मदन पुरस्कार २०८० को श्रेष्ठसुचिमा पर्न सफल डम्फुको आत्मालाप (कथा संग्रह )भक्त स्याङ्त्यान लाई बधाई समेत दिनु भएको थियो ।