राखेपद्वारा कराते खेलको मुख्य प्रशिक्षकमा दीपक श्रेष्ठलाई नियुक्ति।

काठमाडौं := राष्ट्रिय खेलकुद परिषद्ले कराते खेलको मुख्य प्रशिक्षकमा दीपक श्रेष्ठलाई नियुक्ति गरेको छ । सदस्यसचिव स्तरीय निर्णयानुसार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्माले जानकारी दिनुभयो ।

कराँतेका नायव वरिष्ठ प्रशिक्षक श्रेष्ठ यसअघि सहायक मुख्य प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । करातेको मुख्य प्रशिक्षक रहेका तुल्सी महर्जन उमेर हदका कारण अवकाश पाएपछि केही महिनादेखि कराते मुख्य प्रशिक्षकको पद खाली थियो ।