काभा महिला नेशन्स भलिबल लिगको उपाधि भारतले जित्यो, नेपाल स्तब्ध।

काठमाडौं := सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) महिला नेशन्स भलिबल लिगको उपाधि भारतले जितेको छ। पाँचौँ सेट १५-५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा भारतले ३-२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो।

नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो ।
त्यस्तै पाँचौं सेट भने भारतले १५-५ ले सजिलै जितेको थियो ।

योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।