काठमाडौं := नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ । मंगलबार नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
अब नेपालले उपाधिका लागि आज बुधबार साझ ०५:०० बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी तेस्रो स्थानका लागि इरान र श्रीलंकाबीच पनि भोलि नै खेल हुनेछ। मंगलबारनै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले पनि श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको हो। भारतले श्रीलंकामामाथि २५–१५, २५–१६ र २५–२३ ले पराजित गरेको हो।




















