आश्माकुमारी केसीले जितिन् मिस नेपाल वर्ल्ड-२०२४ को उपाधि।

काठमाडौं := आश्माकुमारी केसीले मिस नेपाल २०२४ को उपाधि जितेकी छन्। शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्। उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्। यस्तै मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावत मिस नेपाल इन्टरनेसनल बनिन्।

अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । हरेक विधाका विजेताले २५-२५ हजार नगद पुरस्कार हात पारे ।