अमेरिकी पूर्व राष्ट्रपति ओबामाले राष्ट्रपति उम्मेदवारको रुपमा कमला ह्यारिसलाई समर्थन गर्ने।

एजेन्सी := अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति उम्मेदवारको रुपमा कमला ह्यारिसलाई समर्थन गर्ने हुनुभएको छ । ओबामाले सामाजिक सञ्जालमा ह्यारिससँग टेलिफोन कुराकानी गरेको भिडियो सार्बजनिक गर्दै आफु र मिचेलको ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीमा पूर्ण समर्थन रहेको बताउनु भएको हो ।

यस अघि जुलाई २१ मा राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । पूर्व राष्ट्रपति ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसले जित्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।