काठमाडौं := त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।
सौर्य एयरलाइन्सको जहाज उडानका क्रममा दुर्घटना भएको विमानस्थलस्थित सुरक्षा संयन्त्रले जनाएको छ ।अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली आगाे नियन्त्रणको प्रयासमा छन् । बिस्तृत विवरण आउन बाँकी छ ।