जारी महिला एशिया कप क्रिकेटअन्तर्गत नेपाल पाकिस्तानसँग पराजित।

एजेन्सी := जारी महिला एशिया कप अन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ । आईतवार भएको खेलमा नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तानले  ११.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।

नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् । त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।

समूह ए मा रहेको नेपालले यसअघि खेलेको पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो। पाकिस्तानलाई पनि पराजित गरेको भए नेपाल पनि ४ अंक जोड्दै सेमिफाइनल पुग्ने सम्भावना थियो।

पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले नेपाललाई हराएर पहिलो जितसँगै २ अंक जोडेको छ। भने आजको खेलबाट उसको नेट रनरेट पनि सुधार भएको छ। समूह ए मा भारतले दुई खेलबाट ४ अंक र नेपाल तथा पाकिस्तानले २ खेलबाट २/२ अंक जोडेका छन्। यूएई अझै अंकविहीन छ।  अब नेपालले तेस्रो खेलमा मंगलबार भारतसँग खेल्ने तालिका छ ।