अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन सक्दैनौं: प्रचण्ड,माधव र लामिछाने।

काठमाडौं := नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी तीन दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्ता बैठकमा ती दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।

बैठकले ठूला दुइ दल कांग्रेस र एमालेको सरकार संविधान जगमा टेकेर नबनेको निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६ (२) अनुसार गठन भएकाले यो बिषयलाई सदनमा सशक्त रुपमा उठाउने सहमति भएको उनले बताए। सत्तापक्ष निरंकुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको भन्दै उनले जनतामा देखिएको आशंकालाई प्रतिपक्षबाट सशक्त खबरदारी गर्ने उनको भनाइ छ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मतका विषयमा प्रतिपक्षी दल साझा धारणा बनाएर अघि बढने बताए। उनले भइरहेको सरकारलाई ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने आधार नभएको जिकिर गरे।

तीन दलले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने निष्कर्ष पनि निकालेको छ।