नयाँ नेपाली चलचित्र ‘नम्बरी सुन’ साउन २५मा सिनेमाघरमा प्रदर्शन हुने।

काठमाडौं := चलचित्र ‘नम्बरी सुन’ले साउन २५मा सिनेमाघरमा आउने भएको छ । मंगलबार चलचित्रका मुख्य कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने चित्रित एक पोष्टर सार्वजनिक गर्दै आगामी साउन २५ लाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

राजु गिरीको निर्देशन रहेको यो चलचित्र यसअघि गत वर्षको भदौ १ र माघ १९ गरी दुईपटक प्रदर्शन मिति घोषणा गरिए पनि पछि पोष्टपोण्ड भएको थियो ।नारायण खातीको गीत रचना, कथा र प्रस्तुति रहेको चलचित्रमा सरोज खनाल, किरण नेपाली, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारीलगायतको अभिनय छ । चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद छ ।

रामजी लामिछानेको नृत्य निर्देशन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन तथा विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर रहेको ‘नम्बरी सुन’लाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्नुभएको हो ।