चिलीविरुद्ध १-० को कठिन जित निकाल्दै अर्जेन्टिना नकआउट चरणमा।

एजेन्सी (वासिङ्टन डिसी):= अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ । बुधबार बिहान चिलीविरुद्ध १-० को कठिन जित निकाल्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको हो ।

चिलीविरुद्ध अन्तिम समयसम्म गोलका लागि संघर्ष गरेको अर्जेन्टिनाका लागि खेलको ८८औँ मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ ।

पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको थियो । चिली भने पहिलो खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएको थियो ।यस्तै, कोपा अमेरिका फुटबलमा क्यानडाले पेरुलाई पराजित गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई १-० ले हराएको हो । खेलको ५९औँ मिनेटमा मेरुयल अग्युरोले रेडकार्ड पाएपछि पेरु १० खेलाडीमा झरेको थियो । त्यसको फाइदा उठाउँदै खेलको ७४औँ मिनेटमा क्यानडाका जोनाथन डेभिडले निर्णायक गोल गर्नुभएको थियो ।