काठमाडौं := श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले स्याहार केन्द्र (केयर सेन्टर) मा इजरायल जाने कामदारका लागि आवेदन माग गरेको छ ।
विभागले दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिका लागि सहायक कामदारका रूपमा जान इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
सूचना जारी भएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ । सरकारले कुल आठ सय कामदार पठाउन लागेको हो । कामदारको मासिक तलब सबा दुई लाख रुपैयाँ हुनेछ । सुरुमा करार अवधि एक वर्षको रहे पनि पछि पाँच वर्षसम्म अवधि थप गर्न सकिनेछ ।
नेपाल सरकार र इजरायलबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन लागिएको विभागले जनाएको छ ।




















