नेपालका तीन क्रिकेटर कप्तान पौडेल,सिंह र ऐरीले ग्लोबल टी–२० खेल्ने।

काठमाडौं := नेपालका तीन क्रिकेटर– रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्ने हुनुभएको छ ।

कप्तान रोहितले टोरन्टो नेशनलबाट खेल्ने हुनुभएको छ। उहाँको यो पहिलो ग्लोबल टी–२० क्यानडा लिग हो ।
यस्तै, दीपेन्द्र र सन्दीपले भ्यान्कोभर नाइट्सबाट खेल्नु हुनेछ । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दीपेन्द्र मोन्टरियल टाइगर्सबाट खेल्नु भएको थियो ।

कप्तान रोहितले पहिलोपटक ग्लोबल टी–२० क्यानडा लिग खेल्न लाग्नु भएको हो । यस सिजनको ग्लोबल टी–२० जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानाडाको ओन्टारियोमा हुँदैछ ।