युरोकप-२०२४ फुटबलमा आयोजक जर्मनीको विजयी सुरुवात।

एजेन्सी := शुक्रबारदेखि सुरु भएको युरोकप फुटबल -२०२४ खेलमा आयोजक जर्मनीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले १० खेलाडीमा सीमित स्कटल्याण्डलाई ५–१ गोलले हराएको हो । जर्मनीका लागि फ्लोरियन विर्त्ज, जमाल मुसिआला, काइ हाभेर्ट, निकलस फुल्करग र एम्री क्यानले एक एक गोल गरेका थिए। स्कटल्याण्डका लागि एक गोल जर्मनीका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरे।

यस खेलमा स्कटल्याण्डका रियान पोर्टेओउस खेलको ४४औ मिनेटमा रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सिमित भएको थियो। यो जितपछि समूह ए मा रहेको जर्मनीले ३ अंक हासिल गरेको छ। युरोकप अन्तर्गत आज साँझ हंगेरी र स्विट्जरल्याण्ड खेल्दै छन् भने राति स्पेन र क्रोयसिया तथा  इटाली र अल्बानियाबीच खेल हुनेछ।