एजेन्सी := मलावीका उपराष्ट्रपति चढेको बेपत्ता विमानको भग्नावशेष मलावीमा फेला परेको छ, उद्धार टोलीले बताएअनुसार कोही पनि बाँचेका छैनन्। उक्त विमानमा उपराष्ट्रपति सोलोस चिलिमा बाहेक अन्य धेरै व्यक्ति पनि सवार थिए । बाक्लो कुहिरो र जङ्गलका कारण विमान पत्ता लगाउने प्रयासमा बाधा पुगेको थियो ।
राष्ट्रपति लाजरस चकवेराले विमानको भग्नावशेष फेला परेको तर कोही पनि जीवित नभेटिएको बताएका छन् ।यो सैन्य विमान खराब मौसममा उडिरहेको थियो। त्यसमा उपराष्ट्रपति सोलोस चिलिमा बाहेक नौ जना थिए ।देशको उत्तरी क्षेत्रमा घना जंगलको बीचमा विमान दुर्घटना भएको एक उच्च सैन्य अधिकारीले बताएका छन् ।
उज्यालो कम भएका कारण यो विमान जुजु विमानस्थलबाट फर्किएको थियो । अमेरिकाले खोज अभियानमा सहयोग गर्न विमान पनि उपलब्ध गराएको छ । आगामी वर्ष मलावीमा राष्ट्रपतिको निर्वाचन हुने भएकाले चिलिमाले वर्तमान राष्ट्रपति चकवेरालाई चुनावमा चुनौती दिने विश्वास गरिएको थियो ।




















