पीडित श्रमिक उद्धारको निम्ति मलेसियामा जन उद्दार च्यारिटी इभेन्ट-२०२४ आयोजना हुँदै।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= पछिल्लो समय मलेसियामा ब्यावसायिक हिसाबले नेपाली चलचित्रको डिजिटल राइटस नेपालबाट ल्याई प्रदर्शन गर्ने र गराउने क्रम बढिरहेको बेला विशुद्ध सामाजिक उद्धार र उदेश्यसहित जन उद्धार च्यारिटी इभेन्ट-२०२४  “music to heal and help” नामक साँगीतिक मनोरञ्जनात्मक च्यारिटी सो कार्यक्रम आयोजना हुने भएको छ ।

च्यारिटी सो सामाजिक कल्याणकारी संघ “जनउद्धार केन्द्र” मलेसियाको आयोजनामा यहीँ जुन १७ तारिख सोमबारको दिन परेको “हरिराया हाजी”पर्वको विदाको अवसरमा पेनाङको ( SUNSHINE BANQUET HALL LEVEL 4 1-20-1,Suntech @penang Cybercity, Lingtang Mayang Pasir 3 11950 Bayan Baru, Penang, Malasiya )मा आयोजना गर्न लगिएको संघ मलेसियाका अध्यक्ष केशु थापाले जानकारी दिनुभयो ।

संघ मलेसियाको महासचिव शङ्कर आचार्यले संचालन गर्ने सो कार्यक्रममा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु क्रमशः हास्यकलाकार मनोज गजुरेल , गायक सुरेश लामा , लोक गायक श्याम राना मगर , लोक गायीका फुलमाया केसी , मोडल विजय पुन , डान्सर शेखर घर्ती , डान्सर बिन्दु नेपाली लगायत कलाकार हरुले आफ्नो कला तथा नृत्य प्रस्तुति दिने तय भएको अध्यक्ष थापाले बताउनुभयो ।

यो म्युजिक कार्यक्रमबाट संकलित आर्थिक रकम अन्य कुनै पनि काममा यताउता खर्च नगरी बिगतको झै  मलेसियामा विभिन्न कारणले विभिन्न समस्यामा परेका सयौं नेपाली कामदारहरुको उद्धार गरिने र नेपाल फर्काइने अध्यक्ष थापाले बताउनुभयो ।

साथै जुन १६ तारिख आईतवारको दिन जनउद्धार केन्द्रको अफिसमा र कार्यक्रमको दिन पनि कार्यक्रम सुरु हुनु भन्दा एक घण्टा पहिलेनै नेपालबाट पाल्नु हुने एकजना डाक्टरले उपस्थित नेपाली श्रमिकहरु लाई नि:शुल्क रुपमा स्वास्थ्य परामर्श सुविधा दिनुहुने तय भएको र बढी भन्दा बढी नेपाली श्रमिक उपस्थित भएर सेवा लिन सकिने अध्यक्ष थापाले बताउनुभयो ।