काठमाडौं := सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका लगायतका ११ देशका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
यी देशमा कांग्रेस-माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए । फिर्ता हुनेमा भारतका शंकर शर्मा, अमेरिकाका श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्यसमेत छन् ।
सञ्चारमन्त्री रेखा शर्माका अनुसार अमेरिका, भारत, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो । फिर्ता बोलाउन लागेका राजदूतहरु अधिकांश कांग्रेस कोटाका राजदूत छन् ।