काठमाडौं := नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपमा आफूहरूले उत्कृष्ट क्रिकेट खेलेर समर्थकलाई गर्व महसुस गराउने बताउनुभएको छ । शुक्रबार डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा अभ्यासका क्रममा कप्तान रोहित पौडेलले नेपाली टिम विश्वकपका लागि तयार रहेको बताउनुभएको हो ।
‘अमेरिकामा आएपछि धेरै समर्थकहरूसँग कुरा गरेँ । हामीभन्दा बढी तयार समर्थकहरू छन्,’ उहाँले भन्नुभयो, ‘हामी उहाँहरूलाई उत्कृष्ट क्रिकेट खेलेर गर्व अनुभव हुने प्रयास गर्छाैं ।’ विश्वकप खेल्न एकदमै उत्साहित भएको उहाँले बताउनुभयो ।
‘विश्वकप भनेको सहज होइन । यहाँ कुनै पनि कमजोर टोली आउँदैन । विश्वलाई हाम्रो क्षमता देखाउन सक्ने अवसर पनि यही नै हो ।’ सबै किसिमले तयारी भइसकेका छौँ , र राम्रो खेलेर समर्थकहरूलाई उपहार दिने समेत दाबी गर्नुभयो ।
साथै हामी नेपाली टोलि ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ । २५ दिनदेखि बाहिर नै छौँ । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ । अभ्यास गरिरहेका छौँ ।
हामी तयारीमा छौँ । सबै जना साथमा हुनुहुन्छ’ उनले भने, ‘बेस्ट क्रिकेट खेलेर हामी खुसी दिनेछौँ । नेपाललाई अमेरिकामा सपोर्ट छ । राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छौँ भन्ने सन्देश दिनुपर्छ अब ।’




















