काठमाडौं := धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानतमा छाडेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा छाडेको जानकारी दिनुभयो ।
नागरिकता किर्ते प्रकरणमा ९ दिन हिरासतमा बसेका सिरोहियालाई छोरा सम्भवको जिम्मा जमानीमा छाडिएको प्रहरीले जनाएको छ । सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
८ कात्तिकमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा रहनुभएको सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिको थियो। मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । प्रहरीले बोलाएको बेला सिरोहिया उपस्थित हुनुपर्छ ।




















