क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न आएका एक नेपाली कामदार श्रम सम्झौता विपरीत श्रम अवधी नसकिदै स्वदेश फर्किनु परेको छ ।
नेपाल ठेगाना कैलाली जिल्ला कैलारी गाउँपालिका निवासी नेपाली कामदार बिमल चौधरीलाई मलेसियाको निलाइमा अवस्थित एक म्यानुफ्याक्चरिङ रोजगारदाता कम्पनीले नेपाल-मलेसियाबीचको दुई बर्षे श्रम सम्झौता विपरीत श्रम अवधी सकिनु भन्दा एक बर्ष पहिल्यै स्वदेश जबरजस्ती स्वदेश फर्काइएको हो ।
पीडित कामदार बिमल चौधरी कैयौं उतारचढाव सहदै एक बर्ष काम गरेर यहीँ मिति सन् २०२४ मे २७ तारिखको दिन सकुशल स्वदेश फर्किसकेका छ्न । तर उनले नेपाल फर्किनु भन्दा पहिल्यै मलेसियास्थित नेपाली दूतावासमा आफू माथी ज्यादती भैइरहेको बताउदै न्यायको लागि निवेदन दिएका थिए , र दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरिले पनि उजुरी परेको स्पष्ट पार्दै दूतावासको तर्फबाट आवश्यक छानबिन हुने बताउनुभएको थियो ।
पीडित कामदार बिमलले नेपाली दूतावासमा दिइएको निवेदन अनुसार सो कम्पनीमा बिगत लामो समयदेखि काम गर्दै आएका मनोज कार्की नाम गरेका एकजना नेपालीनै म संग बिना कुनै कारण रिसिबी गरेर रोजगारदातालाई मेरो विरुद्ध भडकाएर नहुने आरोप लगाएर मलाई कम्पनीले जबर्जस्ति स्वदेश फर्काउन लागेको आरोप लगाएको छ । बिमलले मलाया खबरसंग फोन सम्पर्कमा भने , “हामी थुप्रै नेपालीहरु काम गर्न आउनु भन्दा पहिला नेपालमै हाम्रो ग्रुपमा आउने हामी सबैले करिबकरिब अढाई लाख पैसा म्यानपावरलाई बुझाएर आएका हौं , तर म्यानपावरलेनै मलेसिया पुगेर कम्पनीले सोधपुछ गरेमा फ्री भिसा र फ्री टिकट भन्नु भनेर आदेश दिइएको कारण सोही अनुरुप जवाफ् दिएको थिए , र पुनः पछि अन्य कामदार सरहनै मैले सहि सत्य कुरा भन्दा खेरि मनोज भन्नेले कम्पनीलाई मेरो विरुद्ध नहुने कुराहरू गरेर भडकाएर अरु सबैलाई काम गर्न दिइएको र मलाई मात्रै स्वदेश फिर्ता गराएको प्रति आफू दुखित भएको बताए ।”
साथै कामदार बिमलले म काम् गर्ने सो कम्पनी राम्रो भए ता पनि ती मनोज कार्कीले कम्पनीमा पुरानो कामदार भएको हैसियतले एचआरसंग मिलेर चम्चागिरी अर्थात चाकडी चाप्लुसी गर्ने र कैयौं नेपाली कामदार हरुलाई बिना कारण अनावश्यक दु:ख दिने गरेको समेत आरोप लगाएका छ्न ।
यस् बिषयमा बुझ्नलाई बिमलले आरोप लगाएका कामदार मनोजलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन , फोन उठेन । यता कम्पनीले र बिमल स्वयंम आफैं ले बताए अनुसार कम्पनीको डाइरेक्टरले “म लगायत सबै कामदारलाई नेपालबाट आउँदा म्यानपावरलाई तिरेको लागत शुल्क बापत मलेसिया रिंगेट आरएम १०,००० नेपाली रु.२ लाख ८० हजार रुपैयाँ कामदारहरु लाई दिएर फिर्ता गरिदिएका बताए ।”