अभिनेत्री प्रियंका कार्कीलाई भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्ड।

काठमाडौं := नेपाली अभिनेत्री प्रियंका कार्कीले भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्ड प्राप्त गर्नुहुने भएको छ । दादासाहेब फाल्के फिल्म फाउण्डेसनले आयोजना गर्ने अवार्ड आउँदो ३० मेमा मुम्बईमा हुँदैछ ।

फाउण्डेसनले गत १९ मेमा प्रियंकालाई पत्राचार गर्दै उक्त अवार्डका लागि छनोट भएको जानकारी दिएको हो । प्रियंकाले ‘बेस्ट एक्ट्रेस नेपाल’ को ट्रफी प्राप्त गर्नुहुनेछ ।

करिब १ दशकदेखी नेपाली चलचित्र क्षेत्रमा राज गरिरहेकी प्रियंकाले अवार्ड पाउने भएपछि सासु रविना देशराजले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै खुशी साटेकी छन् । उनले प्रियंकालाई ‘नेपाली चलचित्र क्षेत्रकी रानी’ को संज्ञा समेत दिएकी छन् ।

प्रियंकाले अवार्ड पाउने भएपछि सासु रविना देशराजले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै खुशी साटेकी छन् । उनले प्रियंकालाई ‘नेपाली चलचित्र क्षेत्रकी रानी’ को संज्ञा समेत दिएकी छन् ।