रेष्टुरेन्टमा काम गर्ने २१ वर्षिय मिया खलिफा कसरी बनिन् दुई महिनामै चर्चित पोर्न स्टार ?

काठमाडौं := पूर्व पोर्न स्टार मिया खलिफा चर्चामा आइरहने नाम हो । समय समयमा विवादमा घेरिने उनी कहिले हिजाब लगाएका कारण चर्चामा छाउँछिन् भने कहिले ट्याटुका कारण चर्चामा आउँछिन् । ‘एडल्ट फिल्म’ उद्योगकी चर्चित खलिफाको जन्म लेबनानमा भएको थियो तर उनी पछि आफ्ना आमा–बुवासंगै  अमेरिका सिफ्ट भइन् ।

मियाको जन्म एक मुश्लिम परिवारमा भयो तर उनी भने क्रिष्चियन धर्म मान्छिन् । मियालाई जनावर निकै मनपर्छ । उनले आफ्नो घरमा थुप्रै घर पालुवा जनावर पालेकी छिन् । मियाले स्नातकसम्मको पढाई गरेकी छिन् र पढाई पछि उनले एक रेष्टुरेन्टमा काम गर्न सुरु गरिन् । रेष्टुरेन्टमा आएका एक ग्राहकले उनलाई पोर्न उद्योगमा काम गर्न अफर दिएका हुन् । त्यसपछि उनी त्यतै लागिन् ।

एडल्ट स्टार मियाले सन् २०१४ अक्टोबरमा पोर्न उद्योगमा कदम राखिन् र डिसेम्बरमा नै उनी नम्बर वन पोर्न नायिका बन्न सफल भइन् । पोर्न भिडियोमा हिजाब लगाएका कारण उनी पटक पटक विवादको शिकार भएकी छिन् । इस्लाम धर्मगुरुका अनुसार हिजाब पवित्र हुन्छ र यसलाई पोर्न भिडियोमा लगाउनु धर्मको अपमान हो ।

यो भिडियोले मियालाई धेरै ज्यान मार्ने धम्की आएको थियो। पोर्न उद्योगमा काम गरेका कारण मियाका परिवार उनीसँग रुष्ट छन् । उनका परिवारले उनीसँगको सम्बन्ध तोडिसकेका छन् । अहिले उनले पोर्न वयस्क उद्योगबाट सन्यास लिइसकेकी छिन् ।

खलिफाको सम्पति कति ?

वयस्क फिल्म उद्योगबाट सन्यास लिएपछि, मियाले सामाजिक सञ्जालमा प्रभावकारीको रूपमा लाखौं कमाउन सफल भइन्। उनका इन्स्टाग्राममा मात्रै २५ मिलियन फलोअर्स छन् । उनी ओन्लीफ्यान्समा सबैभन्दा धेरै भुक्तानी गर्ने व्यक्तिहरू मध्ये एक हुन्, जसले प्लेटफर्ममा सामेल भएदेखि लगभग ४ मिलियन डलर कमाएकी छिन्।

अगस्ट २०१९ मा आयोजित एक अन्तर्वार्तामा मियाले आफ्नो सम्पूर्ण वयस्क करियरमा उनले १२,००० डलर मात्र कमाएको खुलासा गरिन्। यो एक आश्चर्यजनक कम रकम हो ।