आईपिएलअन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गर्यो।

Avesh Khan of Rajasthan Royals reacts during match 9 of the Indian Premier League season 17 (IPL 2024) between Rajasthan Royals and Delhi Capitals held at the Sawai Mansingh Stadium, Jaipur on the 28th March 2024. Photo by Deepak Malik / Sportzpics for IPL

एजेन्सी := इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २२२ रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले २० ओभरमा ८ विकेट गुमाउदै २०१ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २२१ रन बनाएको थियो ।

यो जितपछि दिल्लीको १२ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै राजस्थानको भने ११ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।