काठमाडौं :इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी हुनभएको छ। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गर्नुभयो । रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गनुृभयो भने उहाँको जमानत जफत भएको छ ।
कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ । लिम्बुको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उहाँले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल हुनुभयो । यस क्षेत्रमा लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।
इलाम२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गर्नुभएको छ, भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत प्राप्त गर्नुभयो र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गर्नुभयो ।
कुल १९ जना उम्मेदवार रहेको इलाम२ का अन्य सबै उम्मेदारले सय भन्दा कम मत प्राप्त गर्नुभएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।




















