मलेसियामा रहेका नेपाली समुदायले आउँदो मे २२ तारिख बुद्ध जयन्ती मनाउने।

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासको संरक्षणमा र यहाँ रहेका विभिन्न संघ संस्थाको आर्थिक भौतिक सहयोग , समन्वयमा सदाको बर्षमाझै यस् बर्ष पनि बुद्ध जयन्ती भब्यताको साथ मनाउने तय भएको छ ।

रथयात्रा सहितको बुद्ध जयन्ती मलेसियाको मिति अनुसार अगामी मे महिनाको २२ तारिख (may 22 ) वेसाक-डे को अवसरमा मनाउने तय भएको एनआरएनए व्यक्तित्व एवम् नेपाली ब्यावसायी नेत्र केसीले जानकारी दिनुभयो ।

नेपाली राजदुतावासले गत शुक्रबार मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई दुताबासमा बोलाई भेट घाटघाट गरि बुद्ध जयन्ती मनाउने बारे छलफल गरेका थिए ।

उक्त दुताबासमा भएको छलफलमा मलेसिया स्थित विभिन्न जातीय संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्तिथीमा नेपाली राजदुतावासको प्रमुख संयोजकत्वमा कार्यक्रम हुने गरि दुइ संयोजक समिति सहित गठन गरेका गरेका थिए ।

जसमा एनआरएनए व्यक्तित्व एवम् नेपाली ब्यावसायी नेत्र केसीलाई आर्थिक संयोजक तोकिएको छ भने अन्य ब्यावसायी , ब्यापारी , राजनीतिक दल , एनआरएनए हरु सदस्य रहेको छ, र ब्यबस्थापन संयोजकमा नेपाल आदिवासी जनजाती महासंघ मलेसिया अध्यक्ष बिपिन राई हुने गरि संयोजक समिति तयार पारेको हो भने मलेसिया स्थित कृयाशिल जातीय , गैर जातीय संघसंस्था सदस्य रहेर सहयोग समन्वय गर्ने तय भएको हो ।

त्यस्तै अप्रिल २० तारिख शनिबारको भेलाले थप समितिहरु निर्माण गर्दै आयोजक समितिलाई पूर्णता दिएको छ । अन्य समितिहरुमा कार्यक्रम संयोजन समितिमा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, पूजा ब्यवस्थापन समितिमा नेपाल तामाङ घेदुङ र शेर्पा संघ मलेसिया, कलाकार ब्यवस्थापनमा बीरबहादुर सारु मगर रहेका छ्न ।

त्यस्तै प्रचार प्रसार समितिमा मलेसियामा सक्रिय सञ्चारकर्मीहरु क्रमशः घनश्याम चौधरी “आरएन थारु”, इश्वर राई, यज्ञ कुमार राई , कृष्ण गुप्ता, सन्तोष थाङ्मी , अर्पण मगर, सबिन लोप्चन तामाङ्ग , दिनेश खड्का खप्तडी लगायतका रहेका छन् ।

कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न आवश्यक तयारीको लागि तत्कालै लागि हाल्नुपर्ने अवस्था रहेकोले लोरी ब्यवस्थापन, कार्यक्रम हल व्यवस्थापन, टीसर्ट छपाई, खानाको तयारी लगायतका कामको लागि आयोजक समितिले काम सुरु गरिसकेको ब्यवस्थापन समितिका संयोजक बिपीन राईले जानकारी दिनुभयो ।

कार्यक्रममा बुद्ध जयन्ती कार्यक्रमलाई सादाझै यस बर्ष पनि भब्यताको साथ सफल पार्न सम्पूर्ण मलेसिया स्थित नेपाली समुदाय संघ संस्था जुट्नु पर्ने बताउदै मलेसियामा रहेको संघ संस्थाहरु संग सहकार्य र हातेमालो गर्नु आवश्यक रहेको नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेलले बताए ।