दुबई:= युनाइटेड अरब इमिरेट्स (युएई)मा आएको बाढीमा परेर एक नेपाली श्रमिकको निधन भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परेर निधन भएको हो ।
युएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उहाँ बाढीमा परेको दूतावासले जनाएको छ । उहाँले सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासको भनाइ छ ।
युएईमा तीन दिनदेखि परेको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासको भनाइ छ । पुन भिजिट भिसामा युएई पुगेको दूतावासले जनाएको छ ।