काठमाडौं := चलचित्र ‘भाइरल गोर्खे’को पोष्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता सौगात मल्ल राँगामाथि उभिएर पोज दिइरहेका छन् । जसअनुसार कमेडी जनरामा फिल्म बन्न लागेको अनुमान गर्न सकिन्छ ।
चलचित्रमा सौगातसँगै सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहने निर्माण पक्षले जनाएको छ । निगम श्रेष्ठको निर्देशन रहने चलचित्र कमेडी जनरामा निर्माण हुुनेछ ।
अमर महर्जनको छायांनकन रहने चलचित्रको निर्मातामा विशाल ताम्राकार र महेश लामिछाने रहनुभएको छ । बिहीबाराट छायांकनमा जाने चलचित्र लम्जुङ र गोरखामा छायांकन हुने बताइएको छ ।
फिल्मको निर्मातामा विशाल ताम्राकार र महेश लामिछाने छन्। अन्य कलाकारबारे केही खुलाइएको छैन। निर्देशक निगम श्रेष्ठले पछिल्लो समय फिल्म ‘छड्के २’ निर्देशन गरेका थिए ।




















