नेपाल एयरलाइन्सले ५३ करोड ९ लाख ५५ हजार साँवा, ब्याज सहितको ऋण भुक्तान गर्यो।

काठमाडौं := नेपाल वायु सेवा निगम ( नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणबापत ५३ करोड ९ लाख ५५ हजार साँवा, ब्याज भुक्तान गरेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ३४ अर्ब रुपैयाँ ऋण लिएकोमा सेही ऋणको नियमित किस्ताबापत निगमले चैतमा ५३ अर्ब नौ करोड ५५ लाख दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको हो ।

कुल ऋणको साँवा ब्याज गरी हालसम्म निगमले दुई लगानी कोषलाई एकमुष्ट पाँच अर्ब ३६ करोड ६६ लाख ८६ हजार नौ सय ६८ रुपैयाँ भुक्तान गरेको जनाएको छ। कोरोना समयमा व्यवसाय प्रभावित हुँदा निगमले लिएको ऋणको ब्याज र पेनाल्ट (जरिवाना) सहित झण्डै ४८ अर्ब रुपैयाँ पुगेको छ । निमगले कोरोनाकालको जरिवाना र ब्याज मिनाहा गरिदिन सरकारसँग माग गर्दै आएको छ ।

विश्वव्यापी कोरोनाका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेको भन्दै सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनाल छुट गरी सहयोग गरिदिन एवं किस्ता संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानी सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।