क्वालालम्पुर (मलेसिया):= बिगत लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आफ्नो कामसंगै कलाकारिता , समाजसेवाको क्षेत्रमा आवद्ध रहि आएका अग्रज युवा डेभिट घिमिरे नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको छ ।
मलेसियामा स्थापित नेपाली जनसम्पर्क समितिमार्फत समाजसेवी युवा घिमिरे आज मिति अप्रिल १५ तारिख २०२४ देखि आधिकारिक रुपमै नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको र घिमिरेलाई पार्टीको सदस्यता प्रदान गरिएको जनसम्पर्क समिति मलेसियाको सभापति चोलाकान्त पंगेनीले बताउनुभयो ।
नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका युवा घिमिरेले मलाया खबर संगको फोन सम्पर्कमा भने “म पहिलेदेखिनै कांग्रेस पार्टीकै हु, तर खुलेरै लागेको थिएन आजदेखि खुलेरै आधिकारिक रुपमै देशकै सबै भन्दा पुरानो पार्टीमा आवद्ध हुन पाउदा एकदमै खुशी छु , र पार्टीमार्फतनै अझै समाजसेवा र श्रमिकवर्गको सेवा क्षेत्रमा अगाडी बढ्ने , हातेमालो गर्ने अवसर प्रदान गर्नुभएकोमा जनसम्पर्क समिति मलेसियालाई विशेष धन्यवाद दिन चाहन्छु र आजदेखि जनसम्पर्क समितिसंगै आवद्ध रहि पार्टीको काम कारवाहीमा सघाउने प्रतिबद्धता व्यक्त गर्दछु घिमिरे ले भन्नुभयो ।
पार्टी प्रवेश कार्यक्रममा जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीसंगै , उप-सभापति टेक बहादुर टमटा , महामन्त्री हरिप्रसाद कोइराला लगायतको उपस्थिति रहेका थिए , भने उपस्थित हरुले घिमिरेलाई खादा लगाईदिएर सदस्यतापत्र प्रदान गरि पार्टीमा स्वागत गरेका थिए ।




















