एजेन्सी := इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेल अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १२६ रनको लक्ष्य पछाएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो ।
यो यस सिजनमा मुम्बई इण्डियन्सको लगातार तेस्रो हार हो । त्यस्तै राजस्थान रोयल्सले भने यस सिजनमा लगातार तेस्रो जित हासिल गरेको छ ।
यो खेलसँगै तीन खेलमा तीन जित निकाल्दै राजस्थान ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई भने तीन खेलमा अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ। आईपिएल अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बैंग्लोर र लखनउ सुपर जायन्ट बिचको खेल हुँदैछ। यो प्रतिस्पर्धा साँझ ७ स् ४५ बजे सुरु हुनेछ।