आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सलेले साविक विजेता चेन्नई सुपर किंग्सलाई हरायो।

एजेन्सी := इन्डियन प्रिमियर लिग (आइपिएल)  क्रिकेटमा दिल्ली क्यापिटल्सलेले साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

विशाखापटनममा शनिबार राति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकाल्यो।  जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सक्यो।

खेलको अन्त्यमा पूर्वकप्तान महेन्द्रसिंह धोनीले १६ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले चार चौका र ३ छक्का हिर्काए ।

चेन्नईका लागि अजिंक्या रहाने सर्वाधिक ४५ रन बनाए । त्यस्तै डेरल मिचेलले ३४ तथा रवीन्द्र जडेजाले नटआउट रहँदै २१ रन बनाए । दिल्लीका लागि खलिल अहमदले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए । त्यस्तै, मुकेश कुमारले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे ।

rishab

यसअघि डेविड वार्नर र ऋषभ पन्तको अर्धशतकीय पारीको मद्दतले दिल्लीले ५ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । वार्नरले ५२ रन तथा कप्तान पन्तले ५१ रन बनाए ।

ओपनर पृथ्वी शले ४३ रन तथा मिचेल मार्सले १८ रनको योगदान दिए । चेन्नईका लागि मथिसा पथिरानाले ३ तथा मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट लिएका थिए ।

यो सिजन दिल्लीको यो पहिलो जीत हो भने चेन्नईको पहिलो हार । ३ खेलबाट ४ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा दोस्रो स्थानमा छ । २ अङ्कसहित दिल्ली सातौँ स्थानमा छ । मुम्बई तालिकाको पुछारमा छ।