आईपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ७ विकेटले हरायो।

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको १० औँ खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ ।

शुक्रवार राती बैंगलुरूको एम चिन्नास्वामी स्टेडियममा कोलकाताल ७ विकेटको सानदार जित निकाल्दै जारी संस्करणको आइपिएलमा लगातार दुई जित निकालेको हो।

कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए ।  त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए ।

त्यसैगरी यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।

दुई खेलमा दोस्रो जीतसहित कोलकाता अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । यता ३ खेलमा दोस्रो हार बेहोरेको बैंग्लुरु छैटौँ स्थानमा सीमित बनेको छ ।