सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई अध्यक्ष क्ष्रेष्ठको निर्देशन।

sf7df8f}F, #) kmfu'g k|ltlglw;efsf] a'waf/ a;]sf] a}7sdf k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] ljZjf;sf] dtsf ;DaGwdf wf/0ff /fVb} gful/s pGd'lQm kf6L{sf cWoIf /l~htf >]i7 . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं:= नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् । शुक्रबार अध्यक्ष रञ्जिताले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सरकार छोड्न लिखित निर्देशन दिएकी हुन् ।

टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनी समेत दिएकी छन् । पार्टीका संरक्षक रेशम चौधरीको निर्देशनमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ सांसद मन्त्री बनेका छन् ।