नेत्र र शान्तिश्रीको स्वरमा रहेको ‘जय जय माया’ बोलको गीत सार्वजनिक।

काठमाडौं := नेत्र भण्डारी र शान्तिश्री परियारको स्वरमा रहेको ‘जय जय माया’ बोलको गीत सार्वजनिक भएको छ । नन्दु परियारको संगीत, विक्रम विश्वकर्माको शब्द लेखनमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालिको निर्देशन नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन छ । गीतमा नायक पुस्कल खड्का र कृष्टिना अधिकारीको अभिनय छ ।