सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउछु: उपप्रधान तथा गृहमन्त्री लामिछाने।

सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको प्रस्टोक्ति दिएका थिए।

राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए। मिछानेले सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताए।

‘जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ। कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दुधको दुध, पानीको पानी निस्किन्छ,’ उनले भने।

सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए।