क्वालालम्पुर (मलेसिया):= मलेसियाली राष्ट्रिय फुटबल टोली र नेपाली राष्ट्रिय फुटबल टोलीबीच मैत्रीपूर्ण अभ्यास फुटबल खेलमा नेपालले हार व्यहोर्दै पराजित भएको छ ।
मार्च १५ तारिख शुक्रवार मलेसियाको समय अनुसार बेलुकाको १०:०० बजे ( UITM Stadium, Shah Alam, Selangor ) मा आयोजना भएको उक्त खेलमा नेपाल १ – ५ गोल अन्तरले पराजित भएका हुन ।
१४० मिनेट सम्म भएको खेलमा मलेसियाले नेपालको विरुद्ध ५ गोल गरेका थिए , भने नेपालको तर्फबाट समीर तामाङले मात्रै १ गोल गर्न सकेका थिए । मलेसिया र नेपालबीचको खेल बन्द खेल मैदानमा आयोजना भएकोले कुनै पनि दर्शकले प्रवेश पाएका थिएनन् ।

नेपाली टोली अब फिफा विश्वकप छनोट खेलमा लागि बहराइन प्रस्थान गर्नेछ । घरेलु मैदानमा एक खेल हुनुपर्ने भएतापनि दशरथ रंगशाला अयोग्य भएका कारण दुवै खेल बहराइनमा हुँदैछ । नेपालले पहिलो खेल मार्च २१ मा खेल्ने छ भने दोस्रो खेल मार्च २६ मा खेलिने छ । दुवै खेल बहराइन नेशनल स्टेडियममा हुनेछ ।
नेपाली फुटबल टोली:
गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ
मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की




















