क्वालालम्पुर (मलेसिया):= आज मिति सन् २०२४ मार्च १५ तारिखको दिन हुन गईरहेको मलेसियाली फुटबल टोली र नेपाली राष्ट्रिय फुटबल टोलीबीच मैत्रीपूर्ण अभ्यास फुटबल खेल मलेसियामा आयोजना हुने भएको छ ।
नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया आईपुगेको छ ।
नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ ।
आज हुने मैत्रीपुर्ण फुटबल खेल आज शुक्रवार मलेसियाको समय अनुसार बेलुकाको १०:०० बजे शाहआलममा अवस्थित ( UITM Stadium, Shah Alam, Selangor ) मा आयोजना हुने भएको हिमालयन फुटबल क्लब मलेसियाको अध्यक्ष सन्तोष कार्की ले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीले बताए अनुसार आज हुने मलेसिया र नेपालबीचको खेल स्टेडियममा बन्द खेल मैदानभित्र हुने निर्णय गरिएको छ । तसर्थ सो खेल हुने स्टेडियममा कुनै पनि नेपाली लगायत दर्शकले प्रवेश पाउने छैन , त्यसैले कोहि पनि उपस्थित हुन नसकिने कार्कीले स्पष्ट पार्नुभयो ।





















