काठमाडौं := ‘द नेशनल डिजाइनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले चुम्नुभएको छ । सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा सम्पन्न प्रतिस्पर्धामा १४ डिजाइनरहरूको सहभागिता थियो ।
उत्कृष्ट डिजाइनर ड्रेससँगै उत्कृष्ट मोडलहरूको महाकुम्भ भनेर चिनिने प्रतियोगितामा मिराज हुसेन ‘फस्ट रनर अप’ र सुस्मिता घिसिङ ‘सेकेण्ड रनर अप’ हुनुभएको थियो ।
रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा रेजिना तुलाधर, धिरज तण्डुकार र अंकित मैतेय निर्णायक रहनुभएको थियो । राज्य मिडिया नेटवर्कद्वारा आयोजित चौथो संस्करणको यो प्रतियोगिता स्वस्ति दंगालको निर्देशन र परमानन्द चौधरीको व्यवस्थापनमा सम्पन्न भएको थियो ।
राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मका रूपमा सेवा प्रदान गरेको बताउनुभयो ।
नेटवर्कका सिइओ डेभिल सिंह राजपुतले उत्कृष्ट मोडलहरूको उत्साहजनक उपस्थितिमा नेपालमै पहिलोपटक बिचमा रनवे आयोजना गरेको बताउनुभयो ।




















