मेरो बदनामी गर्न भ्रमपुर्ण समाचार छपिएको भन्दै केसीले गरे समाचारप्रति खण्डन।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा बिगत लामो समयदेखि ब्यावसाय र समाजसेवाको क्षेत्रमा जमेर राम्रै छवि बनाएका नेत्र केसीले आफ्नो व्यक्तिगत जीवनप्रति विभिन्न लाञ्छाना लगाउँदै केही मिडियाले भ्रमपूर्ण सामाचार छापेको भन्दै समाचारप्रति खण्डन गर्दै आपत्ति प्रकट गर्दै प्रेस बिज्ञप्ति जारी गरेका छन् ।

यस्ता मिडियाका नाउँमा खेलो फड्को गर्दै भ्रम छर्न उद्यत मिडियाका कारण राज्यले बनाउँदै गरेको लगानीको वातावरण समेतमा असर पार्ने केसीले बताएका छन् ।
उद्योगी ब्यावसायी केसीले मलेसियामा नेपाली पिडित तथा सर्वसाधरणसँग अनुचित लाभहानीका लागि पैसा उठाएको भन्ने विषयमा समाचारहरू आएको थियो ।

उनले यस्तो गलत हर्कत म बाट हुनै नसक्ने भन्दै विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् । नेपालको स्याङ्जा घर भएका समाजसेवी केसी मलेसियामा व्यवसायमा जमेका नेपाली मध्ये एक हुन् । रेष्टुराँ, ट्राभललगायत विभिन्न क्षेत्रमा उनको लगानी छ । उनी मलेसियामा स्वच्छ छवि भएका परिश्रमी व्यवसायीको रूपमा पनि चिनिन्छन् ।

उनले भनेका छन्, बरु मैले आफ्नो व्यवासायमा कयौँलाई रोजगारी सिर्जना गरेको छु साथै विभिन्न क्षेत्रमा दुःखी पिडित अशक्तहरूका लागि आर्थिक/सामाजिक सहयोग पनि पुर्याएको छु । मानब धर्मका नाताले आफ्नो आम्दानीको केही हिस्सा मानव सेवामा सहयोग गरेको छु।’

केसि राष्ट्रिय स्वतन्त्र पार्टी मलेसिया “प्रवास नेपाली सम्पर्क विभाग” मलेसियाको बर्तमान सभापति एवं एनआरएनए मलेसियाका पुर्व सचिव , एनआरएनए आईसिसिका निबर्तमान सदस्य र नेपालका लागि मलेसियाका पुर्व पर्यटन दुत पनि हुन ।

भ्रमपूर्ण सञ्चार भाइरल गराउने मिडियालाई कारवाहीको दायरामा ल्याउन समेत उनले नेपाल सरकार,प्रेस काउन्सिल नेपाल लगाएतका निकायसँग आग्रह गर्दै प्रेस काउन्सिल नेपालमा कारवाहिको माग गर्दै निवेदन समेत दर्ता गरिसकेका छन् । त्यस विषय गलत तथ्यहीन र भ्रमपूर्ण भएकोले आफ्नो शुभचिन्तकहरूलाई विश्वस्त हुन केसिले सबैलाई आग्रह गरेका छन् ।

मुलुकमा काम गरेर खाने वातावरण अनुकूल बनाउँदै विदेशमा रहेका सच्चा नेपालीहरूलाई नेपाल आएर उद्योग व्यवसाय खोल्ने वातावरण सिर्जना गर्न पनि उनले विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।