“प्रथम पेनाङ गोल्ड कप-२०२४” प्रतियोगिता हुँदै, पुरस्कार ३० हजार रिंगेट।

क्वालालम्पुर:= “स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराको साथ एन पेनाङ फुटबल क्लबद्वारा आयोजना हुन लागेको पहिलो संस्करणको “प्रथम पेनाङ गोल्ड कप-२०२४” ( first penang gold cup ) को पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

आईतवार पेनाङस्थित स्टेडिएम मिनी प्रेमताङ रावा मा  आयोजित पत्रकार सम्मेलनमार्फत प्रथम पेनाङ गोल्ड कप  फुटबल प्रतियोगिता यहीँ बर्ष सन् २०२४ अप्रिल १० र ११ तारिख परेको हरिरायाको अवसरमा एचएमई हास्नी मुनावारा मनिचेन्जरको मुख्य प्रयोजनमा प्रथम पेनाङ  गोल्ड कप हुने भएको म्यानेजर गणेश क्ष्रेष्ठले जानकारी दिनुभयो ।

सो फुटबल प्रतियोगीताको उद्घाटन खेल मलेसियामा स्थापित नेपाली क्लब “हिमालयन फुटबल क्लब भेट्रान” र एन पेनाङ फुटबल क्लब भेट्रान टिमबीच हुने म्यानेजर क्ष्रेष्ठलाई उद्दत गर्दै पत्रकार सम्मेलनकाबीच एन पेनाङ  फुटबल क्लबका अध्यक्ष अंकित थापाले बताउनुभयो ।

अध्यक्ष थापाले बताए अनुसार फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशी आरएम ३० हजार मलेसियन रिंगेट रहेको छ। त्यस्तै दोस्रो पुरस्कार आरएम १२ हजार मलेसियन रिंगेट र ट्रफी मेडल प्रदान गरिनेछ । साथै प्रतियोगिताभर सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकरलाई आरएम ५ सय मलेसियन रिंगेटको दरले प्रदान गरिने बताउनुभयो ।


प्रतियोगितामा सहभागी हुनलाई मलेसियामा रहेका थुप्रै टिमहरुले धमाधम आफ्नो टिम दर्ता गरिरहेको छ । सहभागी हुनको लागि फुटबल टिमले दर्ता शुल्क आरएम  २००१ मलेसियन रिंगेट तिर्नुपर्ने छ। दर्ता गराउनको लागि समय अवधि अप्रिल  ०६  तारीखसम्म तोकिएको अध्यक्ष थापाले बताउनुभयो ।

फुटबल आयोजकबाट भएको बिसंगति र बिकृतीलाई सुधार गर्नको लागि २०२३ मा ” एन पेनाङ फुटबल क्लब “स्थापना भएको अध्यक्ष थापाको भनाइ रहेको छ । अध्यक्ष थापाले प्रतियोगितामा सहयोग , समन्वयको लागि मलेसियामा रहेका कृयाशिल नेपाली संघ,संगठन लगायत ब्यापारीहरुलाई पत्रचार गरेकाे बताउँदै मलेसियामा रहेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थित भइ खेलको मनोरञ्जन लिन अध्यक्ष थापाले आह्वान गर्नुभयो ।

पेनाङमै आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ, पार्टी संगठन, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु साथै ब्यावसायी, खेलाडी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

फुटबल प्रतियोगितामा सहभागी हुनलाई टिम दर्ताको लागि तल दिइएको सम्पर्क नम्बरहरुमा फोन गर्न सकिने आयोजक क्लबले जनाएको छ।
सम्पर्क : शिव खड्का : +६०११३५३१००२३ , छेवाङ्ग लामा +६०१४७४४७८६२ , प्रदिप गिरी +६०१४३३४८९३४