काठमाडौं := अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ । एमाले सचिवालय बैठक पछि सो बारेमा औपचारिक जानकारी आएको हो । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठक पछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् ।
सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । आज नै नयाँ मन्त्रिपरिषदकाे गठन हुने नेताहरूले बताएका छन् ।




















