काठमाडौं:= मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ। मछिन्द्रले फाइनलमा एनआरटी क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उपाधि जितेको हो। पेनाल्टी सुटआउटमा एनआरटीका विवेक गुरुङले पेनाल्टी मिस गरेपछि खेल मछिन्द्रले जितेको हो।
उपाधि जितेसँगै मछिन्द्र एफसीले नगद ११ लाख र उपविजेता एनआरटीले ५ लाख प्राप्त गर्नेछन्। मछिन्द्रले लगातार दोस्रो पटक केपी ओली कप जितेको छ।निधारित समय ९० मिनेटको खेलमा दुवै क्लबले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

बिहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको भने बिहिबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो।




















