चितवन:= भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे थप पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउन्डेसनको कारण निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हो। ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ ।
महानगर र बागमती प्रदेश सरकारको लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिरहेको रंगशालाको लागि आर्थिक अभावको कारण देखाएपछि रंगशालाको काम रोकिएको थियो। फाउण्डेशनले निर्माण सामाग्रीको करिब १८ करोड रूपैयाँ उधारो रहेको बताएको छ ।




















