नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रेशमलाल चौधरीलाई भारतमा सम्मान।

बर्दिया:= नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रेशमलाल चौधरीलाई भारतमा सम्मान गरिएको छ । भारत नेपाल मैत्री संघ खिरी लखिमपुर भारतको आयोजनामा पूर्व सासंद समेत रहेका नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रेशमलाल चौधरीलाई सम्मान गरिएको हो ।

भव्य समारोहका विच आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाल तथा भारतका नागरिकहरुको सहभागीता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै चौधरीले संस्कृति जोगीए पहिचान जोगिने , पहिचान जोगिए समाज र समाज जोगिय देश जोगिने बताउनुभयो ।

भारत र नेपालको मित्रता सधैका लागी भएको बताउदै रोजगारीका लागी भारतिय नागरिक नेपालमा र नेपालका नागरिक भारतमा रहेको हुँदा यो सम्बन्धलाई अझ बलियो पार्नु पर्ने बताउनुभयो ।

साथै चौधरीले आफु प्रवासमा रहेका बेला त्यस क्षेत्रका नागरिकले गरेको सहयोगको लागी धन्यवाद समेत दिनु भयो । दुवै देशको सम्बन्धलाई मजबुद बनाउनका लागी नेपालले भारतलाई र भारतले नेपाललाई सहयोग गरिरहनुपर्ने बताउनु भयो ।