मेनुकाको लाइभ कन्सर्ट ४ जिल्लामा, टिकट माइपेबाट किन्न सकिने।

काठमाडौं := मेनुका पौडेलको आफ्नो पहिलो लाइभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने आर्टिस्ट म्यानेजर माइपे इमेन्ट्सले जनाएको छ । तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख चार शहरमा फागुन १८ गतेदेखि चैत १६ गतेसम्म काठमाडौं, चितवन, पोखरा र इटहरीमा पौडेलको सांगीतिक कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमको टिकट अनलाइनबाटै माइपे डिजिटल वालेटबाट लिन सकिन्छ । २०५५ सालमा झापाको हल्दीबारी ४ मा जन्मिनुभएकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आइडलको पहिलो सिजनमा भाग लिनुभएको थियो । नेपाल आइडलले नै उनलाई देशविदेशमा रहने नेपालीमाझ चिनायो । त्यसपछि भारतीय टिभी च्यानल सारेगमपको मुम्बई अडिसनमा भाग लिँदै टप १० सम्म पुग्न सफल हुनुभएको थियो ।

मेनुकाकोे पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेजमेन्ट माइपे इभेन्टले गरेको छ भने कार्यक्रम प्रायोजन माइपे मनि ट्रान्सफरले गरेको छ । फागुन १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । हाल साधारण टिकटदर एक हजार र विशिष्ट टिकटदर १५ सय रुपैयाँ तोकिएको छ ।