पुटिनको नजरमा अमेरिकी राष्ट्रपतिका लागि ट्रम्प वा बाइडेन को उत्कृष्ट ?

epa10167200 A handout photo made available by the TASS Host Photo Agency shows Russian President Vladimir Putin gestures on the sidelines of the 2022 Eastern Economic Forum (EEF) in Vladivostok, Russia, 07 September 2022. EPA-EFE/VALERY SHARIFULIN/TASS Host Photo Agency HANDOUT HANDOUT EDITORIAL USE ONLY/NO SALES

मस्को:= रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति पदका लागि डाेनाल्ड ट्रम्पभन्दा जाे बाइडेनलाई उत्कृष्ट ठान्ने बताएका छन् । वास्तवमा रुसी पत्रकार पावेल जरुबिन पुटिनको अन्तर्वार्ता लिइरहेका थिए । यस क्रममा उनले रुसी राष्ट्रपतिलाई सोधे कि रुसका लागि डेमोक्रेट बाइडेन वा रिपब्लिकन ट्रम्प कसलाई राम्रो मान्छन् ? जसकाे अहिले अमेरिकामा निकै चर्चा परिचर्चा भइरहेकाे छ ।

यसको जवाफमा पुटिनले हिचकिचाउँदै जवाफ दिए– ‘बाइडेन, ‘उहाँ धेरै अनुभवी हुनुहुन्छ, उहाँको बारेमा अनुमान गर्न सजिलो छ। बाइडेन पुरानो विचारको राजनीति गर्ने मध्ये एक हुन् । तर, हामी कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न तयार छौं ।’

पुटिनले अमेरिकी राष्ट्रपतिको चुनाव २०२४ को सन्दर्भमा सार्वजनिक मञ्चमा कुनै वक्तव्य दिएको यो पहिलो पटक हो। यसअघि बाइडेनको मानसिक स्वास्थ्यबारे पुटिनले भनेका थिए– ‘मैले उनलाई ३ वर्षअघि स्विट्जरल्याण्ड मा भेटेको थिएँ । त्यतिबेला पनि मानिसहरूले बाइडेनले आफ्नो काम गर्न नसक्ने भनिरहेका थिए। तर, उहाँलाई भेटेपछि मलाई त्यस्तो केही लागेन ।’

गत वर्ष जुनमा हेलिकप्टरमा चढ्ने क्रममा बाइडेनको टाउको त्यससँग ठोक्किएको थियो । यसमा पुटिनले मजाकको स्वरमा भने, ‘हामी सबैको कुनै न कुनै बेला टाउको ठोक्किएको छ। यदि हामी ट्रम्पको बारेमा कुरा गर्छौं भने, उहाँ एक राजनीतिज्ञ हुनुहुन्छ, जो प्रणालीबाट टाढा जान्छन्। धेरै मामिलामा उनको फरक दृष्टिकोण छ। अमेरिकाले आफ्ना सहयोगीहरूसँग कसरी सम्बन्ध निर्माण गर्ने भन्ने बारेमा पनि उनीहरू फरक सोच्छन्।’

यसै वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि बाइडेन र ट्रम्पबीच फेरि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसैबीच, चुनावी अभियानका क्रममा ट्रम्पले भने पुटिन प्रति लगातार नरम दृष्टिकोण अपनाएका छन् ।

हालै एक अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, धेरै नाटो देशहरूले आफ्नो रक्षा क्षेत्रमा धेरै पैसा खर्च गरिरहेका छैनन्। यदि यो जारी रह्यो भने म रसियालाई यी देशहरूमा आक्रमण गर्न उक्साउने छु।

ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा पनि पुटिनको आलोचना गर्नबाट जोगिने देखिन्छ। यस्तो अवस्थामा ट्रम्प राष्ट्रपति बनेमा रुसप्रति कठोर रवैया अपनाउँदैनन् भन्ने अनुमान गरिएको छ ।