काठमाडौं := चलचित्र ‘मेयर’को शुभमुहूर्त गरिएको छ । बुधबार बिहान काठमाडौंमा चलचित्रको शुभमुहूर्त गरिएको हो । मेयरको कथा सर्लाही जिल्ला, बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको निर्माण पक्षले जनाएको छ। दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने रहनु हुनेछ ।
चलचित्रको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुनुहुनछ भने निर्मातामा शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल रहनुभएको छ । चलचित्रको पटकथा महेश दवाडीले लेख्नुभएको हो । कृष्णबहादुर थापाको छायांकन रहने यो चलचित्रमा जयन जे वाइवा र कल्याण सिंहको संगीत रहनेछ ।
चलचित्रमा शीर्ष भूमिकामा खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय रहनेछ ।
केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठिन परिस्थिति, घात प्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने कथामा चलचित्र केन्द्रित रहेको निर्माणपक्षले जनाएको छ ।




















